२०८२ बैशाख १२ गते बिहिवार

बंगलाचुलीमा भूमि समस्या समाधान आयोगको सहजिकरण समिति गठन



७ चैत, घोराही- भूमि समस्या समाधान आयोग, दाङले दाङको बंगलाचुली गाउँपालिकामा आज सहजिकरण समिति गठन गरेको छ। बंगलाचुल गाउँपालिका अध्यक्ष तुल्सिराम पुन मगरको अध्यक्षतामा तथा भूमि समस्या समाधान आयोग, दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सदस्यीय समिति गठन गरिएको हो। गठित समितिमा गाउँपालिका अध्यक्ष तुल्सिराम पुन संयोजक तथा गाउँपालिका उपप्रमुख भक्त वहादुर जिसि उपसंयोजक रहनुभएको छ । जसको अन्य सदस्यहरूमा जागेश्वर अधिकारि, भोजराज पन्त, दामोदर खड्का, नारायनि गिरि, सविराम कामी ,केशव सि, भिम वहादुर राणा र इन्द्रा सार्की रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि  समस्या समाधान आयोग, दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले आगामी दुई महिनाभित्र दाङ जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताउनु भयो । उहालेले आयोगको प्रमुख उद्देश्य नै वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गा वितरण गरी उनीहरूको जीवनस्तर सुधार गर्नु रहेको बताउनु भयो।

साथै, बस्नेतले जग्गा वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवालाहरू तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नभयो।समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष मगरले यस प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन सबै पक्षहरूबीच सहकार्य आवश्यक रहेको बताउनु भयो।

उहाले लालपुर्जा वितरण प्रक्रियामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा अन्य अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा उपस्थित स्थानीय अगुवाहरूले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि राज्यले लिएको यो कदम सराहनीय रहेको भन्दै यथाशीघ्र लालपुर्जा वितरण कार्य सम्पन्न गर्न आग्रह गरेका छन्। कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सरोकारवाला संघसंस्थाका प्रतिनिधि, स्थानीय नेताहरू तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बुधबार मात्रै जिल्लाको दंगीशरण गाउँपालिकामा पनि सहजिकरण समिति गठन गरिकेको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्