२०८१ फाल्गुन ४ गते आइतवार

सल्यानमा बन्यो १ करोड ६० लाखको शंखपार्क




६ चैत्र,सल्यान –
सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ शंखमूलमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शंखपार्क निर्माण गरिएको छ । करिब एक करोड ६० लाख खर्चमा बनाइएको यस पार्कमा निर्मित शंखको प्रतिमा नेपालकै ठूलो रहेको दाबी गरिएको छ ।

शंखमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शंख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमूल रहन गएको धार्मिक विश्वास रहेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको शंखमूललाई थप संरक्षण तथा प्रवद्र्धन गर्न नेपालकै ठूलो शंख निर्माण गरिएको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताउनुभयो ।

गाउँपालिकाले १ करोड ६० लाखको लगानीमा शंखपार्क नै निर्माण गरेको उहाको भनाइ छ । पार्कभित्र शिव पार्वतीको विशाल मूर्ति, शंख, पानीको फोहोरा, पौराणिक झल्को दिने घर, चौतारा लगायतको पूर्वाधार निर्माण गरिएको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

पार्कले धार्मिक आस्थालाई जीवन्त बनाएको उहाको भनाइ छ । पार्कमा आउने पर्यटकका लागि वाइफाई फ्री गरिएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्