२०८० फाल्गुन १२ गते शनिवार

क्रिप्टोकरेन्सी प्रकरणमा अपराध अनुसन्धान ब्युरोले प्रियंका कार्कीलाई बोलायो



६ चैत, काठमाडौँ- क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ। ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले देशसञ्चारलाई जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि आइतबार बोलाइएको हो।

आइतबार दिउँसो उनी बयान दिन अपराध अनुसन्धान ब्युरो पुगेको एसपी महतोले जानकारी दिए। कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्- ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु। तपाईँहरु पनि लगानी गर्नुस्।’

नेपाल राष्ट्र बैँकले भने क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्