२०८० फाल्गुन १२ गते शनिवार

स्थानीय तह निर्वाचनका लागि आजबाट म्यादी प्रहरीको भर्ना खुल्यो



६ चैत, घोराही ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट म्यादी प्रहरीको भर्ना खुलेको छ । आजदेखि देशका सबै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ ।

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने भएको छ । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्