२०८१ असार ३ गते आइतवार

माओवादी केन्द्र कर्णालीका नेता विष्ट आज एमाले प्रवेश गर्दै



६ चैत ,दाङ –

नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्दै छन् ।

उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका छन् ।

आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले *वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्नेछन् ।

विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको अनलाइनखबरलाई बताए । उनले भने, ‘आज मसहित अन्य नेता–कार्यकर्ताहरु एमालेमा समाहित हुँदैछौं ।’ उनले आज सांकेतिक रुपमा एमालेमा समाहित हुने र अन्य कार्यकर्ताहरुलाई समेट्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्