२०८१ असार ३ गते आइतवार

सल्यानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



६ चैत, सल्यान – सल्यानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १ पट्नेरीमा खलंगाबाट श्रीनगर तर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा सोही ठाउँका २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिबार साँझ मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभया । उपचारको क्रममा मृत्यु भएका डाँगीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदै गर्दा परिवारले बाटो अवरुद्ध गरी शव घरमा राखेका थिए ।।

पिडित पक्षले तत्काल क्रिया खर्च बापत ५० हजार र अन्य नियम अनुसार पाउने बिमा वापतको रकम उपलब्ध गराउने सहमति पछि लास पोष्टमार्टमा लागि सल्यान जिल्ला अस्पताल राखिएको उनको भनाई छ । मोटरसाइकल चालक पनि घाइते भएको र उनको सामान्य उपचार पछि प्रहरीको नियन्त्रणमा ल्याइएको पौडेलको भनाई छ । file photo

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्