८ फागुुन, घोराही –
घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा राप्ती गाउँपालिका र बडहरा युवा क्लब भिड्ने भएका छन् । आज घोराही १८ नवलपुुर फुटबल मैदानमा भएको दोश्रो सेमिफाईनल खेलमा उत्कृष्ट पुनरागमन गर्दै टरीगाउँ युवा क्बल विरुद्ध २–१ गोल गर्दै बडहरा युवा क्लब उपाधि नजिक पुुगेको हो ।
तुलसीपुुरको टरीगाउँ युवा क्लबसँग पहिलो हाफमा १–० ले पछि परेको बडहराले दोश्रो हाफमा लगातार २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा मेघाले लगातार गोल पोष्टमा प्रहार गरेपनि अन्तिममा नजिता बडहरालाई सुम्पिँदै उपाधि होडबाट बाहिरिएको छ ।
अब उपाधिका लागि पर्सि मंगलबार दिउँसो २ बजे बडहरा र राप्ती गाउँपालिकाबीच खेल हुने आयोजक नेपाल मगर संघ घोराही नगर कमिटीले जनाएको छ ।
गत फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको थियो । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ भने सेमिफाईनलिस्ट २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।