८ फागुन, काठमाडौं- आजको प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ।
बाहिर सडकमा ब्यापक विरोध चर्केको छ । प्रहरीले आन्दोलनकारीलाई पानीको फोहोरा हानेको छ । भित्र संसदमा प्रतिपक्षको नाराबाजी छ । सडकमा सत्तापक्षीय दलकै भातृसंगठनले विरोध जारी राखेका छन् भने जनस्तरमा पनि विरोध भइरहेको छ।
संसदमा एमसीसी टेबल भइरहदा अर्थमन्त्री जनार्दन शर्मा भने उपस्थित छैनन् । मन्त्री शर्माले संसदमा एमसीसी पेश गर्ने विषय भइरहँदा उनी बिरामी भएकोले उपस्थित हुन नसकेको स्रोतले बतायो । एमसीसी टेबल गर्ने विषयमा सत्तापक्षकै माओबादी केन्द्र त्यति सकारात्मक छैन ।
अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । प्रतिनिधि सभा हलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले भने अहसमति राखेका थिए ।
प्रमुख सचेतक गुरुङ, सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले संसद्मा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको, एमसिसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति राखेका थिए ।
सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको हो । अर्थडवलीबाट