८ फागुन, घोराही -दाङमा एक व्यक्तिले शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथी बलत्कार गरेको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ३५ वर्षीय गोपाल बिकले दैविक देवि देवले आफुलाई छोएको बहाना गरी महिला र बालिकालाई बलत्कार गरेको घटना बाहिर आएको हो ।
गत माघ १९ गते रातको समयमा तुलसीपुर उपमहानगरपालिका–१८ खैरेटी निवासी एक महिलाको घरमा पसेर आफु शिवको भक्त हुँ भन्दै महिलामाथी बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यलय दाङका अनुसार त्रिशुल प्रहार गरी महिलाको कपाल काटिदिएर त्रसित गराउँदा पीडित महिलाका छोरा–छोरी डरले घर बाहिर निस्किएका थिए । सोही समयमा बिकले महिलामाथी बलत्कार गरेको निवेदन प्रहरीमा दर्ता भएको छ ।
यसका साथै बिकले पिडित महिलाकी १४ वर्षीय छोरीसंग पिउने पानी मागेको र पानी लिन कोठामा गएको बेला उक्त बालिकालाई पनि बलात्कार गरेको भन्दै बिक विरुद्ध प्रहरीमा उजुरी परेपछि उक्त घटना सार्वजनिक भएको हो ।
फाुगन ५ गते बिक विरुद्ध उजुरी परेको थियो । प्रहरीले बिकलाई तुलसीपुर उपमहानगरपालिका–१९दुधरास स्थित गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका बिकमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ उपदफा १ र २ मा परिभाषित कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।।