२०८१ मङ्सिर १६ गते आइतवार

न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट



८ फागुन,घोराही- न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट घोषित भएको छ । ०७८÷७९ को जिल्ला अदालतहरुको अर्धवार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फछ्र्यौट गरेको भन्दै सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औषत फछ्र्यौट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फछ्र्र्यौट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सामान्यतयाः एकजना न्यायाधीशले वर्षमा पाँच सय मुद्दा फछ्र्यौट गर्नुपर्नेमा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले छ महिनामै पाँच सय ४४, हिमलाल बेलबासेले पाँच सय ४६ र डिल्लीराम शर्माले पाँच सय ६५ मुद्दा फछ्र्यौट गर्नुभएको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाले कोरोनाका कारण फछ्र्यौटमा समस्या भएकोले वार्षिक लक्ष पूरा गर्न समस्या हुने भन्दै तीनैजना न्यायाधीशको सल्लाहमा मुद्दा फछ्र्यौटका लागि मेहनत गरिएको जानकारी दिनुभएको छ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्