२०८१ माघ ४ गते शुक्रवार

पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु



८ फागुन,पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमाथिबाट खसेको ढिस्कोले पुरिएर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला कै १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया मायादेवी सिंह रहेका छन् । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको प्रहरीको भनाई छ ।

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । उक्त घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्