२०८१ फाल्गुन ३ गते शनिवार

घोराहीमा गायक श्याम रानाले उधुम मच्चाए



७ माघ, घोराही – दाङको घोराही १४ झिंगौरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको आज तेस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन् । पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए । जहाँ दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । उनले प्रस्तुतिले मोहित बनेका दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ बढेको प्रष्टै देखिन्थ्यो। लामै समय उनीसंगै रमाएका दर्शकको रोजाइमा रहेका गितमा रानाले प्रत्यक्ष दोहोरी पनि गाएका हुन् ।

यस्तै गायक रानासँगै गायक टेक बिसी, गायिका तथा चर्चित उद्घोषिका रुपा घर्ती मगर ,गायिका रेशमा पुन, गायक रोशन रत्गैया, गायिका बिष्णु सुनार,बिमला थापामगर,झरणा केसी, बर्षा मगर र बाबु रोकामगरलगायतका कलाकारले  प्रस्तुति राखेको आयोजक संस्था नेपाल मगर संघ घोराही नगर कार्यसमितिका संयोजक देवबहादुर बुढामगरले जानकारी दिनुभयो ।

सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको मेला प्रचारप्रसार समिति संयोजक कैलाश घर्तीमगरले जानकारी दिनुभयको छ । ‎मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्