२०८१ फाल्गुन ३ गते शनिवार

घोराही माघे मेला: आज र्चित गायक श्याम रानाको प्रस्तुति रहने



७ माघ ,‎ घोराही-‎ दाङको घोराही उपमहानगरपालिका–१४ झिगौँरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ आज तेस्रो दिन ‎‎चर्चित गायक श्याम रानालगायतका कलाकारहरु आउने भएका छन् । गायक रानासँगै गायक टेक बिसी, गायिका तथा चर्चित उद्घोषिका रुपा घर्ती मगर ,गायिका रेशमा पुन, गायक रोशन रत्गैया, गायिका बिष्णु सुनार,बिमला थापामगर,झरणा केसी, बर्षा मगर र बाबु रोकामगरलगायतका कलाकारको प्रस्तुति रहने आयोजक संस्था नेपाल मगर संघ घोराही नगर कार्यसमितिका संयोजक देवबहादुर बुढामगरले जानकारी दिनुभयको छ ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको मेला प्रचारप्रसार समिति संयोजक कैलाश घर्तीमगरले जानकारी दिनुभयको छ । ‎मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्