६ माघ, दाङ –
राष्ट्रिय यूवासंघ दाङले पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै विज्ञप्ती मार्फत विरोध जनाएको छ । निगमले प्रति लिटर तीन रुपैंया बढाएको भन्दै विरोध जनाएको हो । विज्ञप्ती मार्फत संघका अध्यक्ष देबु बस्नेत र सचिव दिनेश आचार्यले नेपाली जनता माथिको ज्यादति उत्पीडन र अन्यया भएको भन्दै विरोध जनाएका छन् ।
साथै संघले यर्थासिघ्र मुल्य बृद्धि फिर्ता लिन आग्रह गरेको छ । यदि सरकारले मुल्य बृद्धि फिर्ता नलिए शसक्त रुपमा विरोधमा उत्रने जनाएको छ ।।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार