२०८१ माघ ४ गते शुक्रवार

चरेशसहित दाङका दुई जना अर्घाखाँचीबाट पक्राउ



६ माघ,घोराही –
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ जलुकेको सातमारामा अवैध लागूऔषध चरेश सहित दाङका २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका १ पुलचोक का ४३ वर्षीय बिर बहादुर खत्री र सोही ठाउँकै ३७ वर्षीय मनोज थापा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्