७ माघ,घोराही । दाङमा लेनदेन मुद्धामा फरार अभियुक्त दुई वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बस्ने ४५ बर्षिय राजेन्द्र के।सी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार अभियुक्तलाई प्रहरीले मंगलवार मालपोत कार्यालय तुलसीपुर नजिकै हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
लेनदेन मुद्धामा उनी विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७५ फागुन ७ गते लेनदेन मुद्दामा दोषी ठहर गदै १४ लाख ८० हजार जरिवाना फैसला गरेको थियो । लुकीछिपि बस्दै आएका उनलाई विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले अपराधिक गतिविधि गरेर फरार भएका अभियुक्तहरु देखेमा प्रहरीलाई खवर गर्न अपिल गरेको छ ।