२०८२ बैशाख १३ गते शुक्रवार

दाङमा ‘मिस्टर एण्ड मिस दाङ सिजन २’ प्रतियोगिता हुने



७ माघ,घोराही ।

दाङमा ‘मिस्टर एण्ड मिस दाङ सिजन २’ प्रतियोगिता हुने भएको छ । सयपत्री फाउन्डेसनको अयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले आज घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ ।
सयपत्री फाउन्डेसनका सदस्य प्रेमा ओलीको अध्यक्षता तथा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा अडिसनका लागि औपचारिक रुपमा आवेदन सुरु भइसकेको ओलीले जानकरी दिनुभयो ।
प्रतियोगितामा १३ वर्षदेखि २५ वर्षसम्मका युवा युवतीले सहभागी जनाउन पाउने छन् । प्रतियोगितामा सहभागि जनाउनका लागि मिस्टर एण्ड मिस दाङको फेसबुक पेज तथा भाइबरमा सम्पर्क गर्न सकिने ओलीले बताउनुभयो । साथै आवेदन माघ १४ गतेसम्म दिन सकिने र १५ गतेबाट छानोट प्रकृया सरु हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताबाट उत्कृष्ट ५ जना छनौट गरिने छ। ति उत्कृष्ट ५ जनालाईं पुरस्कारसँगै एक वर्षसम्म आयोजकले नै विभिन्न अवसर प्रदान गर्ने संस्थाकी सदस्य ओलीले जानकारी दिनुभयो । पुरस्कारको राशि कति हो भन्ने अहिले खुलाइएको छैन ।
कर्यक्रममा प्रमुख अतिथि प्रत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले मनोरञ्जन क्षेत्र एक मनोरञ्जनका लागि मात्र नभएर आर्थिक उपार्जनका लागि पनि राम्रो पल्याटफर्म भएको बताउनुभयो । तर त्यसका लागि लगनशिलता र धैर्यता हुनु पर्ने बताउनुभयो । सयपत्री पाउन्डेसनले यस अघि सन् २०१९ मा पहिलो पटक ‘मिस्टर एण्ड मिस दाङ’ गरिसकेको छ ।

 

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्