२०८२ बैशाख ९ गते सोमवार

कैदिबन्दीहरुलाई सकारात्मक सोचका लागि प्रशिक्षण



७ माघ, दाङ । दाङको तुलसीपुर स्थित कारागारका कैदिबन्दीहरुलाई सकारात्मक जीवन शैली र तनाब व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिईएको छ । सकारात्मक सोचको विकास, तनाबको व्यवस्थापन, मानशिक शान्तिका विषयमा कैदिबन्दीहरुलाई एक साता सम्म प्रशिक्षण दिईएको हो ।

कारागार प्रशासन र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय दाङको सहकार्यमा कैदीबन्दीहरुलाई सकारात्मक सोचको विकास गर्दै तनाबको व्यवस्थापन गर्ने र मानशिक शान्ति कसरी कायम गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको ब्रह्मकुमार माधब तिमल्सीनाले जानकारी दिनुभएको छ ।

२ सय ५० बढी कैदिबन्दीहरुलाई सहभागि गराई चलाईएको प्रशिक्षणमा जीवनशैली, व्यवहारमा कुशलता, मानसिक स्वास्थ्य, भावनात्मक परिवर्तन र सकारात्मक सोचका विषयमा प्रशिक्षण केन्द्रीत रहेको थियो ।

बिगतको गल्तीलाई शिक्षाकारुपमा लिएर सकारात्मक सोचको विकास गरी सृजनशिल बन्न उनिहरुलाई सुझाब दिईएको छ । यसैविच एक हप्ते प्रशिक्षणको आज समापन गरिएको छ । जेलर युवराज परियारको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रशिक्षणको समापन गरिएको हो ।

साथै ब्रह्माकुमारीज राप्तीक्षेत्रका प्रमुख गीता दिदी कैदिबन्दीका लागि साढे १० हजार रुपैयाँ बराबरको आध्यात्मीक, धार्मिक र सकारात्मक सोचका पुस्तकहरु हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्