७ माघ । सप्तरी र झापामा भएका आगलागीबाट करिब साढे १३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका १० जमुवा टोलमा बस्ने मो अनवरको गोठमा मंगलबार बेलुका आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै झापाको भद्रपुर नगरपालिका ५ बस्ने रामचन्द्र सहनीको रुवा तथा कपास फ्याक्ट्रीमा कपास पेल्ने क्रममा ढुङ्गा मेसिनमा खराबी भई मंगलबार दिउँसो आगलागी हुँदा मेसिन र कपास जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।