२०८१ चैत्र ११ गते सोमवार

भत्ता पाउन जेष्ठ नागरिकलाई सास्ती



७ माघ, प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिने व्यवस्था गरे पनि छिटो छरितो नहुदा जेष्ठ नागरिकहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

भत्ता लिन बैंकमा पुगेका बृद्धहरुले दुई तीन दिनसम्म बास बस्नुपरेको गुनासो गरेका छन् । बंैकमा भत्ता पाउन बृद्धबृद्धा लाइन बस्नुपर्ने र कहिले इन्टरनेटको समस्या त कहिले अन्य समस्या देखाउदा थप सास्ती भएको उनिहरुको गुनासो छ ।

गौमुखी गाउँपालिकाले गएको साउन महिनादेखि कार्तिक महिनासम्मको सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ । पहिला घरदैलोमै पुगेर दिइने भत्ता सहजताका लागि बैंक मार्फत् वितरण सुरु गरिएको हो । तर, यसबाट बृद्धबृद्धालाई झनै समस्या भएको छ ।

बृद्धबृद्धाले समस्या झेल्नुको कारण बंैकको कमजोरी रहेको जनप्रतिनिधिको भनाइ छ । सामाजिक सुरक्षा भत्तामा हुदै आएको अनियमितता रोक्न बैकिङ्ग प्रणाली अवलम्बन गरिएको थियो । तर, यसलाई प्रभावकारी नबनाउदा जेष्ठ नागरिकले सास्ती खेपिरहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्