७ माघ, दाङ। प्रहरीले दुई जना वडा अध्यक्ष सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडी बजारमा प्रचण्ड माधव नेतृत्व नेकपा र नेपाली काग्रेसका कार्यकर्ताहरुबीच झडप भएको घटनामा संलग्न भएको आरोपमा वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बि।क। र वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चनारा सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सोमबार साँझ भएको विवादलाई मंगलवार ईलाका प्रहरी कार्यालय आठविसकोटमा दुवै पक्ष विच छलफल भईरहदा प्रहरी कार्यालयमै उनीहरु बिच झडप भएको थियो । झडपमा घाईते भएका मध्ये १ जना वडा अध्यक्षसहित ३ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छन् ।
रिसीवीका कारण दुई राजनितिक पाटीका कार्यकर्तामा यस अघि पनि विवाद हुदै आएको प्रहरीको भनाई छ । आज जिल्ला प्रशासन कार्यालयमा दुई पक्ष संग छलफल गर्ने तयारी भएको छ ।
प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार