२०८२ बैशाख १० गते मङ्गलवार

लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन तयारी



४ पुस।
लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना बनाउन तयारी थालेको छ । राजधानीलाई नयाँ अत्याधुनिक, स्मार्ट र सुन्दर शहरको रुपमा विकास गर्ने योजना अघि सारिएको हो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रकृयालाई अगाडि बढाएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागी चिन सरकार र चिनियाँ कम्यूनिष्ट पार्टीसँग सहकार्यका लागि छलफल गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बिचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले छलफलको नेतृत्व गर्नुभएको छ ।

चीन र नेपालको विचमा वर्षौँ पहिले देखीको आपसी सम्वन्ध रहेको स्मरण गर्दै दुई देश विचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनियाँ अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चीनले स्वीकार गरेको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले चीन भ्रमणको क्रममा सिचुवान प्रान्त बिच २०७६ असारमा भगिनी समझदारी गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्