३ मंसिर,घोराही-
घोराही ६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा आज घरको गाह्रो भत्किदा ३ जना घाइते भएका छन् । सोही ठाउँका ३२ वर्षिय किरण चौधरी, ३१ वर्षिय कमल थापा र पिमबहादुर परियार घाइते भएका हुन् ।
नयाँ घर बनाउनका लागी पुरानो कच्चि घर भत्किदा ३ जना घाईते भएका हुन् । घाइते तीनै जनाको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।।
प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार