२०८१ मङ्सिर २४ गते सोमवार

लुम्बिनीमा निर्वाचनको तयारी पूरा भयो: संयोजक चौधरी




३ मंसिर, तुलसीपुर – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले पार्टीको निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।

प्रेस सेन्टर तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा उनले भोलि (शनिबार)देखि हुन भेला तथा निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचनकालागि सम्पर्क कार्यालय पनि स्थापना भइसकेका छन् ।

साथै उहाँले पार्टी पहिलो पटक निर्वाचन प्रणालीमा गएको बताउनुुभयो । मुलुक संघीयतामा गएसंगै सोही अनुसार कमिटिलाई सक्रिय बनाउनुकासाथै निर्वाचन प्रणालीलाई पनि सुधार गरेको बताउनुुभयो । उहाँले नयाँ विधान अनुसार निर्वाचन हुन लागेको भन्दै त्यसलाई सबै पार्टी कमिटिलाई जानकारी गराई सकेको समेत बताउनुुभयो । अब टोलदेखि माथिसम्म निर्वाचन मार्फत नै नयाँ नेतृत्व आउने उहाँको भनाई थियो ।

संगठनका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमा उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सहजीकरण सहसचिब सुमन केसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्