२०८१ माघ १२ गते शनिवार

दाङमा शनिवार व्यापार व्यवसाय वन्द गर्न उवासंको आग्रह



३ मंसिर, दाङ –
दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार उद्योग तथा व्यापार व्यवसाय वन्द गर्न आग्रह गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।

निजी क्षेत्रमा काम गर्ने कर्मचारी, तथा मजदुरहरुलाई हप्तामा एक दिन विदा पाउने अधिकार प्रदान गर्न तथा उद्योगी व्यवसायीहरुलाई समेत एक दिन आरामका लागि बन्द गर्न आग्रह गरिएको हो ।

यसै विच संघले संघको आतिथ्यतामा यही मंसिर ७ गते हुने कर सप्ताहको समापन घोराही मै हुने कार्यक्रममा सहभागि हुन सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई उपस्र्थिीतको लागि समेत अनुरोध गरेको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्