२०८१ माघ १२ गते शनिवार

आज दाङका ८ जनामा कोरोना पुष्टि, ३ जना निको



३ मंसिर,घोराही –
दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा तुलसीपुरका ४ जना घोराहीका ३ जना र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । यसैविच आज दाङका ३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त हुुनेमा तुलसीपुरका २ जना र राप्तीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ४३ रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियूमा, एक जना सामान्य उपचारमा र २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्