२०८१ मङ्सिर २४ गते सोमवार

लुम्बिनी प्रदेशसभा भवनको निर्माण सम्पन्न गर्न दिनरात काम



३ मंसिर,घोराही –
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभा भवन निर्माणका लागि दुई चरणमा काम अगाडि बढाएको छ । दिउँसो र रातीमा गरेर काम अगाडि बढाएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले अहिले भवन निर्माण कार्य आधा भन्दाबढी सम्पन्न भएको दावी गरेको छ ।

हिउँदे अधिवेसन आह्वान गर्ने योजनाका साथ प्रदेश सभा भवन निर्माण कार्य मंसिर महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढाईएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले वताउनुभयो । आलोचना पछि चासो देखाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थलगत रुपमा निरिक्षण गरी प्रदेश सभा भवन तत्काल सम्पन्न गर्न निर्देशन दिनुुएको थियो ।

यसअघि अलपत्र जस्तै रहेको प्रदेश सभा भवन निर्माणको कामले गति लिएपछि यता स्थायी राजधानी बासी भने खुसी भएको राप्ती उद्योग बाणिज्य संघ भालुबाङका पूर्वअध्यक्ष जगत प्रसाद पोख्रेलले बताउनुुभयो ।

५ करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेश सरकारको अस्थायी प्रदेश सभा भवन वन्दै छ । एमएस ड्राईगन बस्नेत जेभिले निर्माणको काम पाएको छ । नयाँ वनावटीमा आकर्षक बनाउन थालिएको आर्किटेक्ट ईञ्जिनियर बासु पौडेलले जनाकारी दिनुुभयो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्