२०८१ माघ ४ गते शुक्रवार

रोल्पा दुर्घटना अपडेट: मृतक तीन जनाको सनाखत



३ मंसिर,घोराही-
रोल्पाको माडी गाउँपालिका–४ तार्केबाङ बस दुर्घटनामा परी मृत्यु हुने चारमध्ये तीनजनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको परिर्वतन गाउँपालिका–५ का बस चालक ४० वर्षीय वीरमान बुढा, वडा नम्बर ६ का ५० वर्षीय कुमार पुन र वडा नम्बर १ का २९ वर्षीय दीपक रोकाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । उहाँका अनुसार छ मृतक एक महिलाको सनाखत हुन सकेको छैन ।

दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रु बहाक बस हिजो बेलुकी पौने ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटना परी १९ जना घाइते भएका छन । घाइतेमध्ये परिवर्तन–२ की २१ वर्षीय अनिता बोहराको अवस्था गम्भीर रहेको प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।

घाइतेमध्य पाँचजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ११ जनाको रोल्पा जिल्ला अस्पतालमा भने तीन जनाको घर्तीगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बस सडकदेखि करिब १०० फिट तल खसेको थियो । बाटो साँघुरो र अप्ठेरो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्