२०८१ माघ ५ गते शनिवार

अस्पतालले कोरोनाको नक्कली रिपोर्ट दिन थालेपछि छानबिन गर्न समिति गठन



४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा नक्कली कोरोना रिपोर्ट दिने अस्पताल तथा ल्याबमाथि छानबिन गर्न समिति गठन गरेको छ ।

नेपाल एयरलाइन्सले विदेश पुर्याएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले तीन सदस्यीय समिति गठन गरेको हो । डाक्टर मुकुन्द शर्मा संयोजकत्वको समितिमा डा.अमृत पोखरेल र बलराम गौतम सदस्य छन् ।

काठमाण्डुको ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र सेन्टर डाइगोनोस्टी ल्याबरोटरीले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएकाले छानबिन समिति गठन गरिएको हो ।

नेपालमा नेगेटिभ रिपोर्ट आएका यात्रुहरुमा विदेशमा कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न देशमा नेपाल एयरलाइन्सको उडान रोकिएको छ । हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्