२०८२ बैशाख १३ गते शुक्रवार

प्रमुख जिल्ला अधिकारीलाइ स्वागत



तुलसीपुर , ३ कात्तिक । तुलसीपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रमुखलाई स्वागत गरेकोछ । संघका अध्यक्ष विरबहादुर रावत विरूको अध्यक्षतामा भएको कार्यक्रममा भर्खरै सरूवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र ट्राफिक प्रमुख थमन जिसी लाई स्वागत गरिएको हो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी आचार्यले शान्ति सुरक्षा अमनचयन कायम गर्न आफु लागने भन्दै सवैको साथ र सहयोग आवश्यक भएको वताउनुभयो । उहाँले आफनो काम नियमनकारी भएको भन्दै समग्र शान्ति सुरक्षा र अमन चयन कायम गरने बताउनुभयो । उहाँले सवैको साथ र सहयोग आवश्यक रहने भन्दै साथ र सहयोग सधै रहने वताउनुभयो ।

तेस्तै ट्राफिक प्रमुख थमन जिसीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा सवैले साथ सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार सुरेश हमाल, नारायणप्रसाद भुसाल, निवर्तमान अध्यक्ष विमल रिजालले प्रशानलाई शान्ति सुरक्षा देखि अन्य कार्य का लागि समन्वय सहयोग सधै रहने बताएका थिए । उनिहरूले शान्ति सुरक्षा अमनचयन र दुर्घटना न्यूनिकरणामा हातेमालो गरेर अगाडि वढने बताएका थिए । व्वायसायी हरूले आफुहरूले भाईचाराको सम्वन्ध स्थापित गरेर अगाडि वढने बताएका थिय ।

कार्यक्रममा व्यावसायि दुर्गा भुसालको स्वागत गित वाट सुरू भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले दिएका थिए भने सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्