२०८२ बैशाख १० गते मङ्गलवार

सिमान्तिकृत समुदायमा लायन्सको सहयोग



कार्तिक ३, दाङ । लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ । आवस्यकता हेरेर नगद सहित न्याना कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय वालवालिकाहरुलाइ स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताउनुभएको छ । रिपोटर्श क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ ।

ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—१९ बस्ने शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाइ १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । वाथ रोगका कारण एउटा खुट्टा गुमाउन बाध्य गितालाइ दैनिकि गुजारामा केहि सहयोग पुगोस भनेर नगद सहयोग गरिएको क्लवले जनाएको छ । बाथ रोगले पिडित गिताको काठमाण्डौका विभिन्न अस्पतालमा उपचारगर्दा कम्तिमा १५ लाख रुपैया खर्च भएपनि उनका अभिभावकले गिताको खुट्टा जोगाउन भने सकेका थिएनन् । संक्रमण बढ्दै गएपछि चिकित्सकले अन्ततः एउटा खुट्टा काट्नुपरेको थियो । हाल उनी बैसाखीको सहारामा दैनिकि गुजार्दै छिन् । गिता तुलसीपुर उद्योग वाणिज्यसंघकि सदस्य पनि हुन् ।

कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्ष्ति गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको श्री असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाइ पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामाग्रि उपलव्ध गराएको थियो । सो अवसरमा अनाथालयका सन्चालक विष्णु चौधरीले सहयोगप्रति आभार व्यक्त गरेका थिए । सो असहाय वाल विकाश केन्द्रमा हाल १७ जना अभिभावक विहिन वालवालिकाहरु आश्रित छन् । उनीहरुलाइ तुलसीपुरको पव्लिक ज्ञानज्योतीले निशुल्क रुपमा पठनपाठन गराउंदै आएको छ ।

त्यसैगरी सामाजिक उत्तरदायित्वसंगै नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाइ मध्यनजरगर्दै ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—४ रक्षाचौरमा अस्थाइ बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाइ पनि नगद ५ हजार सहित दालचामल, आटा नुन, तेल लगायतका सामाग्रि उपलव्ध गराएको थियो । रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि यसरीनै जिवन गुजारा गर्दै आएको छ । अन्धा अपांगलाइ जन्मदिएको भन्दै रुपाका श्रीमानले रुकुमबाट खेदेपछि रुपा अन्धा लालावालालाइ बोकेर तुलसीपुर आइपुगेकि थिइन् । सो परीवार अहिले रक्षाचौरमा भाडामा बस्दै आएको छ ।

त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाइ पनि आर्थिक सहयोग गरेको छ । सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मी लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष राजेन्द्र महतारा, सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्