२०८१ फाल्गुन ३ गते शनिवार

बंगलाचुली गाउँपालिकाद्धारा वडाका अति विपन्न परिवारलाई टिन वितरण



कार्तिक ३, दाङ । दाङको बंगलाचुली गाउँपालिकाले खरको छानो विस्तापन कार्यक्रम अन्तरगत वडाका अति विपन्न परिवारलाई टिन वितरण गरेको छ । गाउँपालिकाले ८ वटै वडाहरुमा टिन वितरण गरेको हो ।

पहिलो चरणमा वडाका अति विपन्न परिवारलाई टिन वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । अध्यक्ष वलीका अनुसार गाउँपालिकाको सबै खरका छानो भएका परिवारलाई क्रमसः टिन वितरण गरिने छ । बंगलाचुली गाउँपालिकामा खरको छानो भएका घरधुरी धेरै रहेका कारण एकै पटक सबैलाई टीन उपलब्ध गराउन नसकिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्