२०८१ माघ ७ गते सोमवार

दाङमा नक्कली नोटसहित तीन जना पक्राउ



३ कात्तिक । दाङ प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगरले भने, ‘उनीहरुको ठग्ने उद्देश्य देखिन्छ, बाहिरी भागमा डलर र भित्र कागज जस्तो देखिन्छ ।’

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्