२०८२ बैशाख १२ गते बिहिवार

सञ्चारकर्मी नेपालीद्धारा जीवन रक्षा गर्न अपील



कात्तिक ३, दाङ । सञ्चारकर्मी बलवीर नेपाली आफ्नो जीवन रक्षा गरिदिन अपिल गरेका छन । रोल्पा रुम्टीगढी –३ मसिना निवासी नेपालीले आफ्नो ज्यान बचाउँन सबैमा आग्रह गरेका हुन । मृगौला रोगका कारण भारतको दिल्ली स्थित मर्का आयुर्बेदमा उपचार गर्दै आएका नेपाली उपचार गर्ने पैसा नहुदा घर फिर्ता भएका छन ।

लामो समय सम्म रेडियो गणतन्त्रमा कार्यरत नेपालीले मासिक ४० हजार रुपैयाँ उपचारका खर्च लाग्ने बताएका छन् । घरको आर्थिक अबस्था कमजोर हुदा उपचार गर्न सक्ने अबस्था नरहेको भन्दै सबैलाई सक्दो सहयोग गर्न अपील गरेका छन । अन्य व्यक्तिबाट संङकलित २ लाख रुपैयाँले अहिले उपचार भैरहेको भन्दै अझै १० लाख रुपैयाँ उपचारका लागि खर्च लाग्ने उनले वताए । घरको आर्थिक अबस्था कमजोर हुदा आफुसंग औषधी खाने पैसा समेत नरहेका गुनासो पोखे । दैनिक साझ –बिहानको छाँक टार्न घरमा समस्या परेको भन्दै उपचारका लागि सबैको सहयोगकोे अपेक्षा गर्दछु उनले भने । नेपालीले आफ्नो सेन्चुरी बैङ्कमा रहेको खाता नम्बर ०८६००००३८९ सी ५ वा मोवाईल नम्बर ९८२२८९६१२८,९८६२१०५८०७ ,९८५७८६२३७३ मा सम्पर्क गरी सक्दो सहयोग गर्न अपिल गरेका छन ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्