२०८२ बैशाख ९ गते सोमवार

स्थानीय तहका कर्मचारीको सरुवा स्थगित



३ असोज, घोराही –
राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउन सरकारले तत्कालका लागि कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्त बसन्त अधिकारीले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा स्थगित गरिएको बताउनुभयो ।

राष्टिय योजना आयोगको आग्रहमा मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरणका लागि सरकारले साढे ८ हजार सुरपरिवेक्षक परिचालन गरेको छ ।

गएको भदौ २७ र २८ मा तालिम लिएका सुपरिवेक्षक भदौ ३० देखि यही असोज १८ का लागि समुदायस्तरमा पुगेका छन् । उनीहरूले सूचीकरण गरेपछि फेरि तालिम दिएर कात्तिक २५ देखि मंसिर ९ सम्म मूल गणना गरिने केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी तिर्थराज चौलागाईँले बताउनुभयो ।

यसपालीको जनगणनाका क्रममा घरको प्रकार, घरमुली, पेशा, कृषिमा निर्भरको अवस्था, घरपालुवा जनावर, पंक्षीपालन, ऋणको अवस्था, बैँक खाता लगायतका बारेमा विवरण लिइने छ ।।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्