३ असोज,घोराही –
नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने भएको छ । नेपाल मगर संघ दाङको घोराहीमा बसेको बैठकले आगामी माघ १८, १९, २० र २१ गते दाङको घोराहीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य दर्जीत रोका मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले दाङमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा मगरहरुले आफ्नो थर पछि अनिवार्यरुपमा मगर लेख्न सबै मगरहरुलाई अनुरोध गरेको नेपाल मगर संघका जिल्ला कार्यसमिति सदस्य प्रेम विवश घर्ती मगरले जानकारी दिनुभएको छ ।।