२०८१ फाल्गुन ३ गते शनिवार

संविधान दिवसमा दाङका ११ जनालाई विभुषण



३ असोज, घोराही –
संविधान दिवसको अबसरमा दाङबाट ११ जनालाई विभूषण गर्न लागिएको छ । प्रवल जनसेवाश्रीबाट स्वर्गिय शिवराज गौतम, स्वास्थ्यसेवी कृष्णकुमार गिरी र कलाकार चन्द्र शर्मालाई विभूषण गर्न लागिएको हो ।

त्यस्तै सुप्रवल जनसेवा श्रीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेत, जनसेवाश्रीबाट कलाकार कमल गाउँले, बेलझुण्डी कोरोना विशेष अस्पतालका एच.ए दोर्णबहादुर ओली, जिल्ला प्रशासन कार्यालय दाङका कार्यालय सहयोगी विष्णुप्रसाद खनाललाई पनि विभूषण गर्न लागिको हो ।

त्यस्तै समाजसेवा रत्नबाट घोराहीका भरतमणी पाण्डे, प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल भालुवाङका टेकराज पोखरेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राणालाई विभूषण गर्न लागिएको छ ।

संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ । अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्