३ असोज , दाङ ।
दाङमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । आईतवार बिहान दङ्गीशरण गाँउपालिका ०७ बुटनिया बस्ने २२ कि प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
चौधरीको आफ्नै घरमा बिहान ७ः०० बजेको समयमा पानी तान्ने मोटरको स्विच दबाउने क्रममा बाँया हातमा करेन्ट लागेको थियो । निजलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ८ः०० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार