२०८२ बैशाख ११ गते बुधवार

दाङमा ९४ हजार मुल्य बराबरका अबैध सामान बरामद



३ भदौ, घोराही –
दाङ प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलिको सामान बरामद गरेको छ । हिजो दिउसो २ बजेको समयमा गढवा गाउपालिका ८ कोइलावास चार खम्वा स्थितबाट ति सामान बरामद गरेको हो ।

भारतबाट अबैध रुपमा भन्सार छलि गरी सामान ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र अस्थाई प्रहरी पोष्ट कालकाटेको सयुक्त प्रहरी टोलिले चेकजाचँ गर्ने क्रममा घडी र कपडा सामान करिव ५३ हजार बराराबरको सामान फेला पारेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।

त्यस्तै हिजो राति ९ बजेको समयमा गढवा गाउँपालीका वडा नम्बर १ जुरौनि स्थित अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको करिव ४१ हजार मुल्य बराबरका कपडा फेला परेको उहाँले बताउनुुभयो ।

अबैध रुपमा फेला परेको कपडाहरु आवश्यक कारवाहिको लागी भन्सार कार्यालय कोईलाबास दाङमा बुझाईएको डिएसपि रिजालले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्