३ भदौ, घोराही –
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीले आफ्नो २९ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र घोराहीका ईन्चार्ज दिलिप न्यौपानेको विशिष्ठ आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष जिएमले रक्तदान नै जिवनदान भएको भन्दै रक्तदान सर्वोतम कार्य भएको बताउनुभयो । सबैले रक्तदान गर्नुपर्छ भन्ने मानसिकता विकास गर्नुपर्ने उहाँले बताउनुभयो । स्थापना दिवसका अवसरमा २१ जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम प्रमुख आरके शितलले गर्नुभएको थियो । साथै केन्द्रले आज स्थापना दिवसका अवसरमा केन्द्रले ५ विपन्न घरपरिवारलाई विभिन्न सामाग्री सहयोग गरेको जनाएको छ ।
यस्तै माबि झिङ्नीका ५ सय विद्यार्थिहरुलाई पुग्ने स्वास्थ्य सामाग्री सहयोग र महिलाहरुका लागी क्षमता अभिबृीद्धि तालिम सञ्चालन गर्ने जनाइएको छ ।।