३ भदौ,दाङ – स्वास्थ्यकर्मी नहुदा कारागार कार्यालय तुलसीपुरका कैदीबन्दीहरु उपचार सेवाबाट बञ्चीत भएका छन् । एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको कारागारमा करिब २ बर्ष देखि स्वास्थ्यकर्मी बिहीन भएको हो ।
कारागारमा कार्यरक्त रहेका एच ए दोर्ण वलीको २०७६ साल भदौ महिनाको २३ गते कर्मचारी समायोजनमा दङगीशरण गाउपालिकामा सरुवा भएको छ । तर उहाँ हाल कोरोना बिशेष अस्पताल बेलझुण्डीमा कार्यरत हुनुहुन्छ । कैद सजाय भुक्तान गरिरहेका तर स्वास्थ्य सम्बन्धी सामान्य जानकारी पाएका कैदीबन्दीहरुबाट स्वास्थ्य सेवा सम्बन्धि काम चलाउने मात्र भएको कारागार शाखाले जनाएको छ ।
सामान्य प्रकृतिका बिरामी परेका कैदी बन्दीहरुको स्वास्थ्य अबस्था र प्रयोग गर्नुपर्ने दवाईबारे परामर्श दिने काम उनीहरुबाट हुने गरेको कारागार कार्यालय तुलसीपुरका सुचना अधिकारी प्रबिण चन्द्र बस्नेतले जानकारी दिनुभयो ।
३०० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको कारागार कार्यालय तुलसीपुरमा अहिले ४६७ जना कैदीबन्दीहरु रहेको छन । कारागारमा ४४५ जना पुरुष, २२ जना महिला र २ जना आश्रीत बालिकाहरु रहेका छन ।कारागारमा बिभिन्न मुद्दाका ४१६ जना आफनो कैद भुक्तान गरिरहेका रहेका छन भने पुर्पक्षका लागि थुनामा रहेकाहरुको संख्या ४१ रहेको छ ।।