३ भदौ, काठमाडौँ –
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस पुन: फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।
उनले बिहीवार एक ट्वीट गर्दै कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको बताएका हुन् । उनले यो शुभ संकेत समेत नभएको बताएका छन् ।
उनले भनेका छन्,’ संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँड्यो। यो शुभ संकेत होइन ।’
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार