२०८१ जेष्ठ ५ गते शनिवार

“वासिङ मेसिन उपहार” कार्यक्रम सम्पन्न



४ असार,घोराही –
दिनेश सोप एण्ड् हाउसहोल्ड इन्ड्रस्ट्रिज प्रा.लि ले “वासिङ मेसिन उपहार” कार्यक्रम सम्पन्न गरेको छ । शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि वासिङ मेसिन उपहार कार्यक्रम सम्पन्न गरेको हो । दिनेश सोप एण्ड् हाउसहोल्ड इन्ड्रस्ट्रिज प्रा.लि का अधिकारिक विक्रेता जि.वाई ट्रेड लिङक् घोराही दाङका संचालक गोपाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा एक जनालाई वासिङ मेसिन र अन्य ५ जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो ।

युनिसा डाँगीले निकाल्नुभएको कुपन मार्फत हरिश खत्रीले वासिङ मेसिन र ललिता ओली, निरज वस्नेत, शर्मिला बुढा मगर, तुल्सी शर्मा ,बेगम बुढाले आकर्षक उपहार जित्नुभएको थियो । ग्राहकहरुले कम्पनीले उत्पादन गरेका ब्राण्ड अन्तरगत दिनेश सावुन,ड्याज सावुन,दिनेश थ्री ईन वान डिटर्जन पाउडर, दिनेश शक्ति पाउडर, ड्याज वासिङ पाउडर र सिल्पा पाउडर खरिद गरे वापत कुपन लिनुभएको थियो । उक्त कुपन हाम्रो फ्याम्ली मार्ट, टि मार्ट, फ्रेण्ड्स सुपर मार्केट र जि.एस मार्टबाट वितरण गरिएको थियोे ।

कार्यक्रमका संचालक तथा कम्पनीका राप्ती ईन्चार्ज याम बहादुर खत्रीले वासिङ मेसिन उपहार अन्तरगत नयाँ वर्ष २०७८ सालको अवसरमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम कोरोना भाईरस संक्रमणका कारण केहि समय ढिला सम्पन्न गरिएको पनि उहाँले बताउनुभयो । साथै कम्पनीले गुणस्तरिय ब्राण्डहरु बजारमा ल्याएकाले ग्राहाकहरुको मन जित्न सफल भएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्