२०८२ बैशाख ११ गते बुधवार

वैदेशिक रोजगारमा जानेलाई गंगालाल अस्पताबाट जोन्सन एण्ड जोन्सन खोप दिइदैँ



४ साउन,काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरुलाई जोन्सन एण्ड जोन्सन खोप बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दिन थालिएको छ । आज बिहान दश बजेदेखि उनीहरुलाई खोप दिन थालिएको हो ।

भिसा तथा अन्तिम श्रम स्वीकृतिका आधारमा खोप दिइने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि भेरोसेल खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर सो खोप वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नभएको भन्दै चौतर्फी विरोध भएको थियो। त्यसपछि वैदेशिक रोजगारीमा जानेका लागि सरकारले उक्त खोप अभियान सुरु गरेको हो ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्