२०८१ जेष्ठ ५ गते शनिवार

एक लाख राहातका लागी निवेदन दिन सल्यान प्रशासनको आह्वान



घोराही, ५ असार –
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैया राहात उपलब्ध गराउने भएको छ । प्रदेशका सवै जिल्लामा कोभिड १९ संक्रमणबाट मृत्यु भएका घरपरिवारलाई प्रदेश सरकारले दिने एक लाख रुपैया राहातका निवेदन दिन आह्वान गरिएको छ ।

सोहि अनुरुप जिल्ला प्रशासन कार्यालय सल्यानले एक सुचना जारी गदै जिल्ला भित्र संक्रमणका कारण मृत्यु भएका घरपरिवारलाई निवेदन दिन आह्वान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जारी गरेको सुचनामा राहातका लागी कोरोना संक्रमण पुष्टि भएको रिपोट, मृतकको मृत्यु दर्ता प्रमाणपत्र, स्थानिय तहको सिफारिस र राहात रकमका लागी मृतक संगको नाता प्रमाणित,निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा बैंक खाता नम्वर देखीने गरी चेकको प्रतिलिपि समावेश गरी प्रदेश सामाजिक विकास मन्त्रालयमा सिधै वा सम्वन्धित पालिकामा पेश गर्न सकिने उल्लेख गरिएको छ ।।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्