२०८१ जेष्ठ ५ गते शनिवार

आज ८ हजार १७३ जनामा संक्रमण पुष्टि,२ सय ४६ जनाको मृत्यु



५ जेठ,घोराही-  नेपालमा कोरोनाभाइरस (कोभिड–१९ं) बाट २ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ ८ हजार ६४ र एन्टीजेनतर्फ १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्