५ जेठ,घोराही- वितेको २४ घण्टामा दाङका ४ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा घोराहीका ३ र तुलसीपुरका कोरोनाका विरामी रहेका छन् । घोराही उपमहानगरपालिका वडा नंम्वर ४ का ६० वर्षिय पुरुष र वडा नंम्वर १३ का ५५ वर्षिय पुरुषको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रम मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराईरहनु भएका घोराही १० का ७६ वर्षिय महिलाको मृत्यु भएको छ । उता तुलसीपुर १९ का ४८ वर्षिय पुरुषको होम आईशोलेशनमै मृत्यु भएको केन्द्रले जनाएको छ । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण १ सय ३८ पुगेको छ ।।