२०८१ भाद्र २९ गते शनिवार

‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’



५ जेठ, काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको जानकारहरू बताउँछन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । अनलाइनखबरबाट

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्