२०८१ साउन ३ गते बिहिवार

घोराहीबाट ५ जना जुवाडे पक्राउ



६ बैशाख,घोराही ।
दाङ प्रहरीले घोराहीमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ गरेको छ । आज बेलुकी घोराही १५ बालमन्दि टोल स्थित ४५ वर्षिया झुपल के.सीको घरमा जुवा खेली रहरको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५का २७ वर्षिया खगेन्द्र सापकोटा,घोराही १४ का ४३ वर्षिया बालाराम खड्का सोहि ठाउँका वर्ष २४ का मरिजमान खड्का,बर्ष ३५ का चन्द्र बुढा रहेका छन ।

उनीहरुको साथबाट नगद एक लाख असि हजार रुपौयाँ,बिभिन्न रकमहरु उल्लेख भएका बिभिन्न बैङ्कहरुका ७ थान चेकहरु लगाएत जुवा खेल्न प्रयोग भएको एक थान गलैचा र ३ गड्डी तास फेलापारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्