६ बैशाख,घोराही /
दाङमा आज ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ६५ जनामा गरिएको पिसिआर परिक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जस अनुसार १६ जना तुलसीपुरका, १४ जना घोराहीका र १७ अन्य पालिकाका रहेका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा १ सय ४४ जना सकृय संक्रमित रहेका छन् ।
ति संक्रमित केही अस्पतालमा भर्ना भएका छन् भने अन्य घरकै आईशोलेसनमा बसेका छन् । संक्रमित हुनेहरुमा अधिकांश युवाहरु रहेका छन् भने बालबालिकामा पनि संक्रमण देखिदै गएको छ ।
यसैविच दाङमा जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ की २० वर्षीया युवतीको कोरोनासंक्रमणबाट मृत्यु भएको हो ।
ती युवतीको बाँकेको भेरी अस्पतालमा उपचाररत क्रममा आज बिहान साढे १० बजे मृत्यु भएको हो । उनलाई गत चैत ३० मा कोरोना पुष्टि भएको थियो ।यो सँगै दाङमा कोरोना संक्रमणका कारण हाल सम्म ५२ जनाको मृत्यु भएको छ ।
तुलसीपुरमा ६५ जना सक्रिय संक्रमित रहेको र तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको कोरोना विशेष अस्पताल बेलझुण्डी र भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ ।।